कांग्रेस पार्टी कार्यालय सचिव रिजालले १९ लाख बुझे, अमेरिका उडे

कांग्रेस पार्टी कार्यालय सचिव रिजालले १९ लाख बुझे, अमेरिका उडे



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका पार्टी सचिव केशव रिजाल संधैंका लागि अमेरिका उडेका छन् । अमेरिकाको पीआर होल्डर रिजालले पार्टी कार्यालयबाट १९ लाख रुपैयाँ उपदान लिएका छन् । तर, उनको जिम्मेवारीको बझबुझारथ नगरी अमेरिका उडेपछि उनको जिम्मामा रहेको काम यतिबेला बेवारिसे बनेको छ ।

लामो समय पार्टी कार्यालयमा महत्वपूर्ण जिम्मेवारीमा रहेरका रिजालले औपचारिक रुपमा पार्टीका मुख्यसचिवलाई राजीनामा दिनसमेत आवश्यक ठानेनन् । सामान्यतया आफ्नो जिम्मेवारीबाट अलग्गिदा राजीनामा दिएर आफ्नो जिम्मामा रहेको बझबुझारथ गर्ने प्रचलन हुन्छ । तर, उनले त्यो जिम्मेवारीलाई गौण सम्झे ।

त्यसका पछाडी केही महत्वपूर्ण कारण हुन सक्ने आशंका रहेको अनुमान गर्न थालिएको छ । उनले पार्टी कार्यालयबाट १९ लाख उपदान पनि लिए, तर औपचारिक रुपमा पार्टी कार्यालयमा राजीनमा बुझाएनन् । मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुपर्ने राजनिामा महामन्त्री गगन थापाको हातमा थमाइदिएका छन् ।

पार्टी कार्यालयमा रहदा उनी पछिल्लो समय निर्वाचन समिति र क्रियाशील छनविन समितिमा थिए । क्रियाशील सदस्यता छानविनका नाममा महंगा होटलमा बसेर मोटो रकम खर्च गरेको भन्दै आलोचना भएको थियो ।

रिजालकी श्रीमतिको नाममा डिभी चिठ्ठा परेको थियो । त्यतिबेलादेखि रिजालकी श्रीमति अमेरिका बस्दै आएकी छिन् । केशवबाहेक रिजाल परिवार नै अमेरिकामै बसोबास गरिरहेको छ ।

तत्कालीन पार्टीका महामन्त्री स्व.खुमबहादुर खड्काको स्वकीय सचिवालयमा बसेका उनी पार्टी एकीकरण हुँदा पार्टी कार्यालयमा जागिर खाएका थिए । रिजालले २०५९ असार १५ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यालयमा जागीर सुरु गरेका थिए ।