कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान

कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार राती यूएई प्रस्थान गरेका हुन ।

यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन । साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । 

प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।