सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिडदैँ

सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिडदैँ


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान ४ अङ्क भएको छ ।

पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० गोलले र पोखराले एफसी चितवनलाई १-० गोलले हराएको थियो । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।