ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
एकजना लागूऔषध कारोबारी पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।


प्रतिक्रिया