बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु

बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु



काठमाडौं । काठमाडौंमा बाल्टिनको पानीमा डुबेर १९ महिने बालिकाको मृत्यु भएको छ ।

गोकर्णेश्‍वर नगरपालिका-५, जोरपाटीको बाहुनधाराका अनेत्र बडुवालकी १९ महिने छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

शौचालयमा रहेको बाल्टिनको पानीमा डुबेर अशक्त भएकी सुमित्राको नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे घटना मंगलबार दिउँसोको हाे ।