होण्डा डिओ-१२५ को विक्री वितरण सुरु

होण्डा डिओ-१२५ को विक्री वितरण सुरु



काठमाडौं । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि. ले अत्याधुनिक ’स्मार्ट’ प्रविधिहरु र थप ’पावर’ले भरपुर, Honda Dio125 स्कुटरको विक्री वितरण सुरु गरेको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकवर्गद्वारा अत्यधिक रुचाईएको Honda Dio स्कुटरको पछिल्लो संस्करण Honda Dio125 मा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नविन विशेषताहरु समाहित छन् । साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ Honda Dio125 रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्नेमा कम्पनी ढुक्क छ ।

’स्मार्ट’ चाबीले ’अनलक’ र ’स्टार्ट’ हुने Honda Dio125 मा ’साईड स्ट्यान्ड’ लगाउँदा ’स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने PGM–FI सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । Honda Dio125 मा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री ACG प्रविधि पनि जडित छ ।

होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि. ले Honda Dio125 को बुकिङ्ग र विक्री धमाधम भैरहेको जनाएको छ । भर्खरै सम्पन्न ‘NADA AUTO SHOW’ मा पहिलो पटक प्रदर्शनीमा राखिएको Honda Dio125 ले थुप्रै ग्राहकहरुको ध्यान तान्न सफल भएको थियो ।

ग्राहकहरुको व्यग्र प्रतिक्षालाई पूर्णविराम लगाउँदै बजारमा आइपुगेको Honda Dio125, विज्ञापनहरुमा र अधिकारिक विक्रेताहरु कहाँ उपलब्ध QR CODE स्क्यान गरि सीमित समयका लागि, INTRODUCTORY मुल्य, मात्र रु.२,९९,९०० मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । होण्डा नेपालको आधिकारिक वेब पेजमा गएर Honda Dio125 अग्रिम बुकिङ्ग या खरिद गर्न सकिने छ ।