आज शोक व्यक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

आज शोक व्यक्त गर्ने मन्त्रिपरिषद्को निर्णय


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले आज सोमबार शोक व्यक्त गर्ने भएको छ ।

गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै शोक व्यक्त गर्ने जनाएको हो । शेख नवाफको गत ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । गृहद्वारा जारी सूचनामा शेख नवाफको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो दुःख प्रकट गर्दै सोमबार शोक व्यक्त गर्ने निर्णय गरेको उल्लेख छ ।

गृहले कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्न आज शोक व्यक्त गर्ने र नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने उल्लेख छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उक्त निर्णय गरेको थियो ।