सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालकोको नाम आज बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।

उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिएको थियो । नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो ।

समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।