मैथिली एसोसिएसनमा नयाँ कार्य समिति

मैथिली एसोसिएसनमा नयाँ कार्य समिति



विराटनगर । मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारणसभाले मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

सो समितिमा उपाध्यक्षमा वरिष्ठ समाजसेवी आभा अनुपमा र पङ्कज वर्मा, महासचिवमा राकेश देव, सचिवमा भाष्कर चौधरी र अजय कर्ण, कोषाध्यक्षमा मीरा देव र सदस्यहरूमा प्रकाश प्रेमी, पुनम सिंह, वन्दना चौधरी, वीरेन्द्रकुमार झा, दीपेन्द्र स्वर्णकार, रोजी झा, सरिता साह र मञ्जु मिश्र निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक शिवनारायण पण्डित सिङ्गलले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । मैथिली भाषाका वरिष्ठ अभियन्ताद्वय रामरिझन यादव तथा डा. योगेन्द्रप्रसाद यादवले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे ।