जय नेपाल फाउण्डेसनको सातै प्रदेशमा संरचना

जय नेपाल फाउण्डेसनको सातै प्रदेशमा संरचना


ग्लोब नेपाल
135
Shares

काठमाडौं । जय नेपाल फाउण्डेसनले सातै प्रदेशमा आफ्नो संरचना विस्तार गरेको छ । सात जना युवा नेतार्ले प्रदेश संयोजकको जिम्मेवारी पाएसगै फाउण्डेसनको प्रदेश संरचना विस्तार भएको हो ।

कोशी प्रदेशमा बाबुराम कोईराला, मधेश प्रदेशमा नवलकिशोर यादव, वागमती प्रदेशमा श्रीराम लामिछाने, गण्डकी प्रदेशमा सुदिप मोहन भट्टराई, लुम्बिनी प्रदेशमा टेकनारायण भुषाल, कर्णाली प्रदेशमा देवकुमार सुवेदी र सुदुरपश्चिम प्रदेशमा पूर्ण कुवर संयोजक चयन भएका छन् ।

अव ७७ वटै जिल्लामा समेत छिट्टै संरचना विस्तार गरिने जय नेपाल फाउण्डेसन नेपालका अध्यक्ष वद्री अर्यालले वताए । मानव अधिकार, वाक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने साथीहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले डा.यादव पण्डितको अध्यक्षतामा जय नेपाल इन्टरनेसनल फाउन्डेसन तथा बद्री अर्यालको अध्यक्षतामा जय नेपाल फाउन्डेसन नेपाल स्थापना भएको हो ।

जय नेपाल इन्टरनेसनल फाउन्डेसनले यसअघि नै अमेरिका, अस्ट्रेलिया र हङकङसहित आठ च्याप्टर गठन गरिसकेको छ । फाउडेसनले जनाए अनुसार संयुक्त राज्य अमेरिकामा नर्दन क्यालिफोर्निया च्याप्टर, विस्कन्सिन च्याप्टर, केन्टकी च्याप्टर, कोलोराडो च्याप्टर, फ्लोरिडा च्याप्टर, सिकागो च्याप्टर तथा अस्ट्रेलिया र हङकङ गरी आठ च्याप्टर घोषणा गरिएको हो ।

नवगठित हङकङ च्याप्टरको अध्यक्षमा कुलप्रसाद गुरुङ, अस्ट्रेलिया च्याप्टरको अध्यक्षमा डिल्ली बन्जाडे, नर्दन क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा यादवप्रसाद दाहाल, कोलोराडो च्याप्टर अध्यक्षमा कुमारजंग कार्की, विस्कन्सिन च्याप्टर अध्यक्षमा गोविन्द श्रेष्ठ, फ्लोरिडा च्याप्टर अध्यक्षमा विकास देवकोटा, केन्टकी च्याप्टर अध्यक्षमा दिवाकर भट्ट र सिकागो च्याप्टर अध्यक्षमा खेम पन्थी चयन भएका छन्।