काठमाडौं । सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् ।
“साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ,” उनले भनिन् । यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।
त्यसैगरी सरकराले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ६ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।
‘झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय भएको छ’, मन्त्री शर्माले भनिन् ।
मन्त्रिपरिषद् बैठकका १२ निर्णय :



प्रतिक्रिया