पूर्वगृहमन्त्री खाँण थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ

पूर्वगृहमन्त्री खाँण थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ । हाल सो प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो । 

अदालतमा जारी बहसमा खाँणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा आज फैसाला आउने सम्भाबना देखिएको हो । 

आज आउने फैसालाले खाँणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्योल हुनेछ ।