न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित

न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित


ग्लोब नेपाल
54
Shares

लन्डन । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएको हो । न्यूक्यासलको जितमा खेलको ५५औं मिनेटमा एन्थोनी गोरडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि न्यूक्यासलको १४ खेलमा २६ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा छैटौं हार हो । १४ खेलमा २४ अंक रहेको म्यानचेस्टर युनाइटेड सातौं स्थानमा रहेको छ ।

वोल्भ्समाथि आर्सनलको २-१ को जित
ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्समाथि २-१ गोलको जित हासिल गरेको हो । आर्सनलको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि माथेअस चुनाले एक गोल फर्काएका थिए ।

यो जितपछि आर्सनल १४ खेलमा ३३ अंकसहित प्रिमियर लिगको शिर्ष स्थानमा कायम रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ४ अंकले अगाडी रहेको छ । यद्यपी सिटीले एक खेल कम खेलेको छ । त्यसैगरी वोल्भ्सको भने १४ खेलमा १५ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।