त्रिभुवन विमानस्थलमा यात्रुकाे ह्यान्डब्यागमा आगाे लागेपछि…

त्रिभुवन विमानस्थलमा यात्रुकाे ह्यान्डब्यागमा आगाे लागेपछि…



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आज आइतवार आगाे लागो लागेको हो ।

उनी जान लागेको विमान एअर चाइनाकाे उडान हुनै लागेको थियो । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले बताए । यात्रुको ह्यान्डब्यागमा लागेकाे आगो तत्काल निभाइएको छ ।

ती यात्रुले पिठिउँमा ह्यान्डब्याग बोकेकी थिइन् । ह्यान्डब्यागभित्र रहेकाे पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला शर्ट भएर आगो लागेको हो । उनी सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।