बिशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

बिशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

सोमबार सर्वोच्च अदालत, परिसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

गत ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकको निर्णय अनुसार विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्त भएका हुन् ।