एकै दिन २ हजार ४ सयले घट्यो सुनको मूल्य

एकै दिन २ हजार ४ सयले घट्यो सुनको मूल्य



काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।