सेयर बजार दोहोरो अंकले वृद्धि, पौन ३ अर्बको कारोबार

सेयर बजार दोहोरो अंकले वृद्धि, पौन ३ अर्बको कारोबार



काठमाडौं । सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११.७३ अंकले वृद्धि भएको सेयर बजार १८५२.७७ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । 

आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तकाे शेयर झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज ग्लाेबल आईएमई लघुवित्तकाे शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

आज सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीकाे ८६ कराेड ८३ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।