तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले चलायाे डाेजर

तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले चलायाे डाेजर



दाङ । दाङको तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथका संरचना भत्काउन शुरु गरिएको छ । तुलसीपुरको (ग) लाइन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना तुलसीपुर उपमहानगरपालिकाले आज बिहीवारदेखि भत्काउन शुरु गरिएको हो ।

बजार क्षेत्रको नालामाथि घरधनी तथा व्यापारीले आफ्नो सहजताका लागि भर्‍याङलगायतका संरचना बनाएकाले ती संरचना हटाउन थालिएको उपमहानगरकाे भवन शाखाका इन्जिनियर श्रीनारायण चौधरीले जानकारी दिए । चौधरीका अनुसार तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथको संरचना एक हप्ताभित्र भत्काइनेछ ।

फुटपाथमा संरचना बनाएर सामान राख्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।