दुई महिनादेखि बेपत्ता युवती मृत फेला

दुई महिनादेखि बेपत्ता युवती मृत फेला



धनगढी । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् ।

सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा कंकाल फेला परेको हो ।

महराका परिवारले लुगाका आधारमा उनको पहिचान गरेको प्रहरी जनाएको छ । महरा घरबाट गोठालो गएका बेला असोजमा हराएकी थिइन् । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।