न्युक्यासललाई हराउँदै लिभरपुल शीर्षस्थानमा

न्युक्यासललाई हराउँदै लिभरपुल शीर्षस्थानमा


ग्लोब नेपाल
54
Shares

लन्डन । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने कार्टिस जोन्स र् कोडी गाक्पोले एक एक गोल गरेका थिए ।

त्यसैगरी न्यूक्यासलका लागि एल्जान्डर इसक र सभेन बोटम्यानले एक एक गोल गरेका थिए । यो यस सिजनमा लिभरपुलको १३औं जित हो । यो जितपछि लिभरपुलको २० खेलमा ४५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । लिभरपुलले यो जितपछि दोस्रो स्थानमा रहेको एस्टन भिल्लासँग ३ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।

त्यसैगरी न्यूक्यासल युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो । २० खेलमा २९ अंक रहेको न्यूक्यासल लिगमा नवौं स्थानमा रहेको छ ।