काठमाडौँ । शेयर बजार आज मंगलबार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव शून्य पाँच अंकले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले र सिटिजन्स लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज एक करोड ११ लाख कित्ता शेयर चार अर्ब चार करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया