भारत र दक्षिण अफ्रिकाबीचको टेस्टमा एकै दिन २३ विकेट पतन

भारत र दक्षिण अफ्रिकाबीचको टेस्टमा एकै दिन २३ विकेट पतन


ग्लोब नेपाल
54
Shares

भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टको पहिलो दिन २३ विकेट खसेका छन् । सबै विकेट दुवै टोलीका फास्ट बलरले हात पारे ।

केप टाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि घरेलु टोली ५५ रनमा अलआउट भयो । भारतका मोहम्मद सिराजले ६ विकेट लिए ।

भारतले पनि आफ्नो पहिलो इनिङ्समा खास केही गर्न सकेन र १ सय ५३ रनमै सिमित भयो । तर भारत ९८ रनको अग्रता लिन सफल भयो । भारतका विराट कोहलीले ४६ रन बनाए । तर ७ ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् । ३३ ओभरमा १ सय ५३ मा ४ विकेट गुमाएको अवस्थामा रहेको भारतले त्यसपछिका ११ बलमा बिना कुनै रन ६ विकेट गुमाएको थियो । दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुन्गी एनगिडी र नान्द्रे बर्गरले समान तीन विकेट लिए ।

दक्षिण अफ्रिकाले दिनको तेस्रो सत्रमै आफ्नो दोस्रो इनिङ्स सुरु गर्नुपर्‍यो । पहिलो दिनको खेल समाप्त हुँदा घरेलु टोलीले ३ विकेट गुमाएर ६२ रन बनाएको छ । हालसम्म भारतसँग ३६ रनको अग्रता छ भने दक्षिण अफ्रिकाको ७ विकेट बाँकी छ । दोस्रो दिनको खेल आज दिउँसो पौने २ बजे सुरु हुनेछ ।