काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । बिहिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिएका हुन् ।
उनले राष्ट्रिय टिमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको बताए ।
टी–२० विश्वकपका लागि छनोट भएको राष्ट्र क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको छ । जसअनुसार आगामी फेब्रुअरीमा क्यानडाको टीम नेपाल आउने छ ।
क्यानले आफ्ना २०२४ को वार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । क्यालेन्डरमा उमेर समूहका प्रतियोगिता देखि लिएर महिला तथा पुरुष टोलीको विदेशमा प्रशिक्षण पनि रहेको छ ।
त्यस्तै नेपालमा पनि धेरै खाले सिरिजको पनि प्रवन्ध गरेको सचिव खड्काले जानकारी दिए ।
नेपालले फ्रेब्रुवरी १० देखि १४ सम्म क्यानडासँग एकदिवसीय सरिज खेल्नेछ ।
त्यस्तै फ्रेब्रुअरी २७ देखि ५ मार्चसम्म नामिबिया र नेदरल्यान्डसँग नेपालले त्रिदेशीय सिरिज खेल्नेछ ।
प्रतिक्रिया