यती एअरलाइन्समा यात्रा गर्ने धनमायाले जितिन् बजाजको पल्सर मोटरसाइकल

यती एअरलाइन्समा यात्रा गर्ने धनमायाले जितिन् बजाजको पल्सर मोटरसाइकल



काठमाडौं । यती एअरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतीको उडानमा शान्दार उपहार’ चाडपर्व–विशेष अफरको बम्पर उपहार धनमाया राईले जितेकी छन् ।

यतीले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’मा राईले बजाज कम्पनीको तर्फबाट रु. ३ लाख ३९ हजार ९ सय मूल्य बराबरको पल्सर एनएस २०० सिसिको मोटरसाइकल प्राप्त गरेकी हुन् । राईले यती एअरलाइन्समा कार्तिक ९ गते काठमाडौं–बिराटनगर उडान गरेकी थिइन् ।

यस्तै, दोस्रो पुरस्कार बिन्दा श्रेष्ठले हात पारेकी छिन् । उनले थाइलायन एअरको तर्फबाट दुईजनाको लागि बैंकक (थाइल्याण्ड)को दुईतर्फी हवाई टिकट प्राप्त गरेकी छिन् । श्रेष्ठले यती एअरलाइन्समार्फत कार्तिक २१ गते विराटनगर–काठमाडौं उडान गरेकी थिइन् ।

यसैगरी, तेस्रो पुरस्कार कार्तिक २७ गते काठमाडौं–भैरहवा उडान गरेकी तिर्थकुमारी भण्डारीले प्राप्त गरेकी छन् । तेस्रो पुरस्कारको रुपमा भण्डारीले एकलाख ५ हजार मूल्य बराबरको एलजीको वासिङ्ग मसिन जितेकी हुन् ।

त्यस्तै, चौथों पुरस्कार आयुष पौडेलले हात परेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट रु ८२ हजार मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन् । उनले कार्तिक ७ गते पोखरा–काठमाडौं उडान गरेका थिए ।

सोही योजना अन्तर्गत, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये विमल कर्मचार्य र अभिशेख अमनले सिदार्थ बुटिक होटलको जोडीसहित ‘नाइट स्टे’ प्राप्त गरेका छन् । त्यस्तै, अर्जुन सिंह र निलम कुमारी महतोले फार्म सपको तर्फबाट र सरोज डङ्गोल र शारदा अधिकारीले लुक्ला आउट डोरको तर्फबाट रु ७ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यस्तै, हरेक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट क्गचभकजयत एचष्शभ को रुपमा डिस्काउण्ट भौचर प्राप्त गरेका थिए भने विशेष क्रियशनको तर्फबाट ३ जना यात्रुहरुले रु १५ सय मूल्य बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए ।

यती एअरलाइन्सले चाडपर्वको समयमा यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी असोज २८ (घटस्थापना)देखि मंसिर ७ गते (छठ पर्व)सम्म ४० दिनको अवधिभर उडान भर्ने यात्रुबीच ‘लक्की ड्र’ गरेको थियो । सोही अवधिमा करिब एकलाख यात्रुहरुले यती एअरलाइन्समा यात्रा गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

बिजेता यात्रुहरुलाई एअरलाइन्सले सम्पर्क गरी उपहार वितरण गरिने उनले जानकारी दिएका छन् ।