‘तपस्वी’ रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ

‘तपस्वी’ रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ



काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंकाे बूढानीलकण्ठबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।

एक जना १८ वर्षीया युवतीले बम्जनले पटक-पटक बलात्कार गरेको भन्दै २०७५ सालमा उजुरी गरेकी थिइन् ।

यस्तै नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएका थिए ।

कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए ।

उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो ।

प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।