भीमादमा दुर्घटना हुँदा १ को मृत्यु, ११ जना घाइते

भीमादमा दुर्घटना हुँदा १ को मृत्यु, ११ जना घाइते



पोखरा । पोखराबाट रामपुर जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । भीमाद नगरपालिका ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्तीमा जीप पल्टिएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा घाइते १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटरतल खसेको तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते ३ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।