काठमाडौँ । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
क्यानले सन्दीपलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन गरेको हाे । अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।
जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ ।
हिजोको सजाय निर्धारण लगत्तै सन्दीपले क्यानलाई पत्राचार गरेर माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने स्वघोषणा गरेका थिए ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका सन्दीप विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो ।
प्रतिक्रिया