काठमाडौँ । प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबका ब्याटर सन्दीप जोराले शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा सन्दीपले बागमती प्रदेशविरूद्ध शतक प्रहार गरेका हुन् ।
टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दीपले टिम खराब स्थितिमा रहेको बेलामा शतक प्रहार गरेका हुन् ।
अन्तिम ओभरमा रनआउटको सिकार हुनुअघि उनले ११२ रन जोडे । उनले ११७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे ।
उनको शतकमा एपिएफले ९ विकेटको क्षतिमा २४१ रन जोड्यो ।
१२.४ ओभरमा ५ विकेट गुमाउँदा एपिएफले ४१ रन मात्र जोडेको थियो । त्यसपछि सन्दीपले एपिएफलाई धैर्यताका साथ अघि बढाएका थिए ।
प्रतिक्रिया