न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायाे

न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायाे



काठमाडौं । पाकिस्तानकाे दाेस्राे टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएकाे छ । आज भएकाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायाे ।

न्युजिल्यान्डले दिएकाे १ सय ९५ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रनमा अल आउट भयाे । पाकिस्तानका बाबर आजमले सर्वाधिक ६६ रन बनाए । यस्तै फकर जमानले ५० रन जाेडे । न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए ।

यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन बनायाे । न्युजिल्यान्डका फिन एलेनले ७४ रन बनाए । पाकिस्तानका हरिस राैफले ३ विकेट लिए ।

याे जितसँगै न्युजिल्यान्डले ५ खेलकाे शृङ्खलामा २–० काे अग्रता लिएकाे छ । पहिलाे खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएकाे थियाे । तेस्राे खेल आउँदाे बुधवार हुनेछ ।