मध्य चीनको कोइला खानी दुर्घटनामा १३ जनाकाे मृत्यु

मध्य चीनको कोइला खानी दुर्घटनामा १३ जनाकाे मृत्यु



झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।

दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उद्धार कार्य अझै जारी छ ।