प्रधानमन्त्री कपमा मधेशविरुद्ध आर्मीका कप्तान भण्डारीको शतक

प्रधानमन्त्री कपमा मधेशविरुद्ध आर्मीका कप्तान भण्डारीको शतक



काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मधेश प्रदेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीका लागि विनोदले शतक प्रहार गरेका हुन् । योसँगै उनले घरेलु चौथो राष्ट्रिय प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन् ।

ब्याटिङका गर्ने क्रममा आर्मीका लागि चौथो क्रममा आएका विनोदले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

उनले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए ।

जारी प्रतियोगिताको तेस्रो शतक हो । यसअघि पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान र दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोराले शतक प्रहार गरेका थिए । दुवैले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए ।