काठमाडौँ । कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा आर्मीले मधेश प्रदेशमाथि १२६ रनको हसज जित हात पारेको हो ।
त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९४ रन बनायो ।
मधेशका लागि पवन सरार्फले ६५ रनको अर्धशतकीय पारी खेले । ८३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । त्यस्ते मयान यादवले ३४ रन बनाउँदा राजेश यादवले ३२ रनको योगदान गरे । आर्मीका लागि साहव आलमले चार विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा जितेन्द्र मुखिया र कुशल मल्लले एक–एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३२० रन बनायो । आर्मीका लागि विनोद भण्डारीले ११३ रनको शतकीय पारी खेले । ९३ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै सन्तोश कार्कीले ४२ रन बनाउँदा बिवेक यादव र कुशल मल्लले समान ३७–३७ रनको योगदान गरे ।
मधेशका लागि रन्जित कुमारले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर बलिङ गरेर ४१ रन खर्चे । त्यस्तै विशाल पटेलले दुई विकेट लिए ।
आजनै भएको अर्काे खेलमा लुम्बिनी प्रदेशलाई सुदूरपश्चिम प्रदेशले ५ विकेटले हराएको छ ।
प्रतिक्रिया