प्रधानमन्त्री कपमा बागमतीको पहिलो जित

प्रधानमन्त्री कपमा बागमतीको पहिलो जित

सूर्यले लिए ह्याट्रिकसहित ६ विकेट



काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा बागमतीका बलर सूर्य तामाङले ह्याट्रिक लिएपछि खेल आफ्नो पोल्टामा पारेको हो । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो ।

सूर्यले २९औँ ओभरमा ह्याट्रिकसहित चार विकेट लिए । उनले मधेशका रूपेश सिंह, राजेश याद र सांसद अन्सारीको विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनले सोही ओभरको अन्तिम बलमा रन्जित कुमारलाई आउट गरेका थिए । उनले खेलमा ६ विकेट लिए ।

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । सूर्यलाई बलिङमा राम्रो साथ दिँदै बागमतीका लागि प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । उनले ५५ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५
रन बनाएका थिए ।

मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २/२ विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १/१ विकेट लिए ।

२७८ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमै अलआउट हुँदा बागमतीले ८६ रनको जित निकाल्यो । प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो । मधेशको यो दोस्रो हार हो ।