काठमाडौं । विशेष अदालतले बुधबार पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । पक्राउ परेको भोलीपल्ट अख्तियारले उनीहरुलाई विशेष अदालतमा उपस्थित गराएको थियो ।
पौडेलद्वय अकुत सम्पत्ति आर्जनको आरोपमा बुधबार पक्राउ परेका थिए ।


प्रतिक्रिया