अध्यागमनमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन

अध्यागमनमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन गरिएको छ । शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबिच कुटपिट भएको घटना सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी. सदस्य छन् ।

घटनाबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छानबिन समितिलाई ३ दिनमा प्रतिवेदन बुझाउन भनिएको छ ।