राजनीतिक र्यालीमा विस्फोट हुँदा पाकिस्तानमा पाँच जनाको ज्यान गयो

राजनीतिक र्यालीमा विस्फोट हुँदा पाकिस्तानमा पाँच जनाको ज्यान गयो



इस्लामावाद । पाकिस्तानमा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तमा एउटा राजनीतिक र्यालीका क्रममा मोटरसाइकलमा राखिएको पदार्थ विस्फोट भएको रोयटर्सले जनाएको छ ।

पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) को र्यालीलाई लक्षित गरी आक्रमण भएको तर आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले नलिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।