व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ ।

उनलाई बाँसबारी छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा काठमाडौंको लैनचौरबाट पक्राउ गरिएको सीआइबीले जानकारी दिएकाे छ ।

चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।

२०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको हाे ।

उनी व्यवसायी तथा सांसद विनोदकुमार चौधरीका भाइ हुन् ।