अरुण चौधरीलाई पुर्‍याइयो सरकारी वकिल कार्यालय

अरुण चौधरीलाई पुर्‍याइयो सरकारी वकिल कार्यालय



काठमाडौं । सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो ।

चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।