डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा

डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा



काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । व्यक्तिगत कारण भन्दै उनले गत शनिबार राजीनामा दिएका थिए । तर, प्रहरी प्रधान कार्यालयमा परामर्शपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखमा कार्यररत डीआईजी चन्दले विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटपिट भएपछि राजीनामा दिएका थिए । उनको कार्यकाल २०८१ चैतसम्म बाँकी छ । राजीनामा फिर्ता लिए पनि उनी कार्यालयमा हाजिर भने भएका छैनन् ।