गोदावरीमा एक पुरुषको शव फेला

गोदावरीमा एक पुरुषको शव फेला



धनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन् ।

उनी बिहीबारदेखि बेपत्ता रहेका थिए । खोजतलासका क्रममा उनलाई प्रहरीले आज (शुक्रबार) बिहान मृत अवस्थामा फेला पारेको हो ।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।