झिनो अंकले घट्यो नेप्से परिसूचक

झिनो अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ ।

आज डेभलपमेन्ट बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो र अन्य समूहको उपसूचक झिनो प्रतिशतले बढेका छन् भने बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

तथापि, पौने दुई अङ्कले नेप्से घटेको यस दिन ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले समान १० प्रतिशतले कमाएका छन् भने ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।