बालुवाटारमा लघुवित्त र सहकारी पीडितको प्रदर्शन

बालुवाटारमा लघुवित्त र सहकारी पीडितको प्रदर्शन



काठमाडौं । काठमाडौंको बालुवाटारमा लघुवित्त र सहकारी पीडितले प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका उनीहरु बुधबार बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।

प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था समेत सिर्जना भएको थियो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि तनावको अवस्था सिजर्ना भएको हो ।

हिँडरै आइपुगेका लघुवित्त पीडितहरू सिफलमा खुला आकाशमुनि बसिरहेका छन्‌ । लघुवित्तले ऋणपासोमा पारेर दुःख दिएको भन्दै न्यायको माग गरिरहेका छन् ।