सेरेसको थ्रिएस सुविधासहितको शोरुम बुटवलको कालीका नगरमा

सेरेसको थ्रिएस सुविधासहितको शोरुम बुटवलको कालीका नगरमा



बुटवल । विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बुटवलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ ।

कम्पनीले बुटवलमा थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इएम मोटर्ससँग साझेदारी गरेको हो ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई , एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे लगाएतले सोरुमको उदघाटन गरेका थिए । रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने बिश्वास ब्यक्त गरे ।

शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्रि इभी गाडी हस्तान्तरण गरेको छ ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ ।