काठमाडौं । झापास्थित दमकको ३ सय ८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी सहित १ सय ८७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
झापाको बालुवाटार भनेर चिनिने दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी सहित १ सय ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए ।
६५ जनाले साबिकको नापीमा सरकारी देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्वबासी’ जनाएर निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । जग्गा फिर्ता लिने प्रयोजनका लागी ११३ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
प्रकरणमा माओवादी नेता रेवतराज पुरी (गगन पुरी), उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत र नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायीलगायतका विचौलियाविरुद्ध मुद्दा दायर भएको हो ।


प्रतिक्रिया