सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने



काठमाडौं । सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन् । 

बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा साहको ज्यान गएको थियो ।