म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ

म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ



काठमाडौं । युट्युबर शर्मिला वाइबा पक्राउ परेकी छिन् । कलाकार पवन खतिवडा उर्फ म्याकुरीलाई कुटपिट तथा अङ्गभङ्ग गरेकाे मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो ।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।