काठमाडौं । मिटरब्याजविरुद्ध न्याय मार्च गर्दै काठमाडौं आइपुगेका पीडितले बिहीबार सिठ्ठीटी जुलुस निकालेका छन् । भृकुटीमण्डपदेखि बालुवाटारसम्म मिटरब्याजपीडितले सिटी बजाउँदै जुलुस निकालेका हुन् ।
आफूहरूको ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्ताको अपिल गरेको भए पनि पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन् । तीनपटकसम्मको वार्ता निष्कर्षविहीन भएको र आफूहरूको मागप्रति सरकारले नजरअन्दाज गरेको पीडितहरूले बताएका छन् ।


प्रतिक्रिया