लघुवित्तका ऋणीहरू हाजिर जमानीमा रिहा

लघुवित्तका ऋणीहरू हाजिर जमानीमा रिहा



काठमाडौं । संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो । उच्च सुरक्षाका बाबजुद उनीहरू संसद् भवन छिरेका थिए ।

स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।