कोलोराडोमा २१५१औं ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न

कोलोराडोमा २१५१औं ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न



कोलोराडो । कोलोराडो निवासी शेर्पा समुदायले शनीबार भेल शहरमा २१५१औं ग्याल्पो ल्होसार भव्यताका साथ मनाएका छन् ।

भेल भ्याली शेर्पा समुदायहरुको आयोजनमा ईगलभेल पेभीलीएन भेल शहरमा शेर्पाहरुको महान चाड सिङ डुक लो वर्ष (Wooden Dragon year) २१५१ औं ग्याल्पो ल्होसार कोलोराडोको नेपाली शेर्पा समुदायहरुले भव्यताको साथ रमाईलो गरेर मनाएका हुन् ।

विहानको कार्यक्रम न्युयोर्कबाट आएका वौद्ध लामा गुरु ङवाङ छछोग लामावाट पुजा आराधाना गरेका थिए । लामा गुरुले ८ पटक सगरमाथा समेत सफल आरोहण समेत गरी सकेका छन् ।

अपरन्हको कार्यक्रममा संस्कृतीक नाचगान गर्दै रातको १० वजे सम्म रमाईलो गरेर मनाएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताएका छन् । भेल भ्याली शेर्पा लोसार कोलोराडोमा शेर्पाहरुको वसाई सराई भए देखी नै लावा सिस्टमले निरन्तर मनाउदै आईरहेको ल्होसार हो । यो लावा सिस्टममा लोसार कार्यक्रम आयोजना गर्न ३, ४ शेर्पा परीवारहरु आयोजक चुन्ने चलन छ । यस वर्ष २१५१ को लावाहरूमा ङवाङ थ्रोवा शेर्पा, पासङ तेन्जी शेर्पा (पिटी), निमा तमाङ , मिङमा शेर्पा गरी चार परिवार रहेका थिए । त्यस्तै गरी आगामी वर्ष २१५२ को लावाको लागी पासङ शेर्पा , नवीन शेर्पा, पासङ तेम्वा शेर्पा परिवार लावा चुनिएका छन् ।

लावा चुन्दा सकेसम्म नेपालको विभिन्न क्षेत्रलाई प्रतीनिधीत्व हुने गरी चुन्ने चलन रही आएको छ । कार्यक्रममा सगरमाथा सफल शेर्पा आरोहीहरु लागाएत शेर्पा फाउन्डेसनका अध्यक्ष पेम्वा तेन्जीङ शेर्पा, शेर्पा नाङपी छोग्पा (कोलोराडो शेर्पा संघ) को अध्यक्ष ङवाङ वङछु शेर्पा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाका वोर्ड सदस्य निमा शेर्पा तथा अन्य कोलोराडोका विभिन्न समाजसेवी, वुद्धीजीवी, व्यवासायी र स्थानीय शुभचिन्तकहरुको वाक्लो उपस्थिती रहेको थियो ।