भोजपुर । धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भोजपुरको चुहार आउँदै गरेको जीप उदयपुर मैनामैनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हाे ।
को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ५ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । १४ जना सवार जीपमा ६ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिए ।
घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको डीएसपी पाठकले बताएका छन् । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।


प्रतिक्रिया